071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न

असोज ७ तामनगर ।

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।


साधारणसभामा संस्थाका अध्यक्ष भीम बहादुर थापाले संस्थाको आ.व. २०८१/८२ को प्रगति प्रतिवेदन र आ.ब. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे भने कोषाध्यक्ष सीता कंडेल तरामुद्वारा आर्थिक प्रतिवेदन र अनुमानित बजेट प्रस्तुत भएको थियो। त्यसैगरी आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक मोहन शर्मा पाण्डेले प्रस्तुत गर्नु भएको थियो।


कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले प्रयास सहकारी पश्चिम बुटवलकै एक भरपर्दो वित्तीय संस्थाको रूपमा निरन्तर सफलताको शिखर चढ्दै गएको भन्दै खुशी व्यक्त गर्नुभयो। समग्र राष्ट्रिय अर्थतन्त्र सुस्ताएको वेलामा पनि प्रयास सहकारीप्रती सेयर सदस्यहरुको आकर्षण बढ्दै गएको, सेयर पुँजी र बचतमा उल्लेख्य मात्रामा वृद्धि भएको र समाजाका विविध आयाम मार्फत समाजोपयोगी क्रियाकलाप गर्दै आएकोमा बधाई दिनुभयो।

विशिस्ट अतिथि एवं सल्लाहकार संयोजक सुर्यबहादुर रानाले आफू सहित तामनगर क्षेत्रका शिक्षित युवाहरूद्वारा २०६० सालमा वचत शुरु गरिएको प्रयास सहकारी करीब पन्ध्र सय जनाको बृहत समाज बनेको, १५ करोडको वासलात बनेको र तामनगरमै आफ्नै कार्यालय भवन निर्माण गर्न लागेको विवरण सहितको प्रतिवेदन पढ्न पाउँदा भाव बिभोर भएको बताउनु भयो।शुभकामना मन्तव्य दिदै हाम्रो देउराली कृषि सहकारी संस्थाका उपाध्यक्ष ध्रुब मणि ज्ञवाली, तामनगर राजपुर खानेपानी संस्थाका सचीव एमकान्त चापागाईं र बुद्ध टोल विकास संस्थाका अध्यक्ष शारदा सुवेदीले प्रयास सहकारीका सबै गतिविधि आफुहरुले नजिकबाट नियालिरहेको र ती सबै अनुकरणीय र प्रसम्सनिय रहेको भन्दै तारिफ गर्नुभयो। गरिमामय वार्षिक साधारणसभामा उपस्थित करिव नौ सय सेयर सदस्यहरुद्वारा छलफल र सुझाव सहित प्रस्तुत सबै प्रतिवेदनहरु सर्व सम्मतिबाट पारित गरिएको थियो।

कार्यक्रममा जेष्ठ बचतकर्ता सम्मान, असल बचत कर्ता, असल उद्दमी र असल बालहित बचतकर्ता सम्मान, निवर्तमान संचालक सम्मान, एस इ इ र एस एल सि उत्कृष्ट विद्यार्थी सम्मान, छात्रवृत्ति वितरण, उत्कृष्ट कर्मचारी सम्मान पनि गरिएको थियोे। उपस्थित सम्पुर्ण अतिथि र सेयर सदस्यहरुलाई उपाध्यक्ष प्रकाशमणि खनालले स्वागत गर्नुभएको थियो र कार्यक्रम सञ्चालन सचिव तीर्थराज काफ्ले गर्नुभएको थियो।

प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025

तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

Read More
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
Scroll to Top