असार १९ विहिबार २०८३
श्री प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य श्री पुष्पनिधि न्यौपानेकी धर्मपत्नी, शेयर सदस्य श्री स्वाती न्यौपानेकी सासुआमा तथा संस्थाकी शेयर सदस्य स्वर्गीय लक्ष्मीदेवी न्यौपानेको सातौँ दिनको पुण्यतिथिको अवसरमा उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति, आन्तरिक लेखा समिति, सल्लाहकार समिति, महिला विकास उपसमिति तथा कर्मचारीहरूको उपस्थितिमा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। संस्थाको प्रावधान बमोजिम स्वर्गीय लक्ष्मीदेवी न्यौपानेका श्रीमान् तथा संस्थाका शेयर सदस्य श्री पुष्पनिधि न्यौपानेलाई संस्थाका अध्यक्ष श्री भीमबहादुर थापाले राहतस्वरूप रु. १०,००० (दश हजार रुपैयाँ) बराबरको चेक हस्तान्तरण गर्नुभयो। साथै, संस्थाका उपाध्यक्ष श्री प्रकाशमणि खनालले दिवङ्गत सदस्यको सम्झनास्वरूप फोटो फ्रेम हस्तान्तरण गर्नुभयो।




