Prayas Loading...
071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास साकोसको आ.ब २०८२/०८३ को कार्य प्रगती समिक्षा र आ.ब २०८३/०८४ को निति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी बिस्तारित बैठक सम्पन्न ।

असार २२ तामनगर ।

संस्थाको चार वर्षीय रणनीतिक व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्यहरू प्राप्त गर्नका लागि आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं बजेट र आर्थिक वर्ष २०८२/८३ को कार्य प्रगति समीक्षा सहितको विस्तारित बैठक जुलाई ५ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, विभिन्न उपसमितिहरू र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
बैठकमा विगत वर्षको उपलब्धि, चुनौती र लक्ष्यहरूलाई ध्यानमा राख्दै आगामी वर्षको योजना निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो। योजनाले संस्थाको सेवा प्रवाह, आर्थिक सुदृढीकरण, सदस्य सन्तुष्टि तथा तरलता व्यवस्थापनलाई प्राथमिकता दिने तय भएको छ ।
चार वर्षीय रणनीतिक योजनाले तय गरेका व्यावसायिक तथा सांगठनिक लक्ष्यहरू पूरा गर्न उत्कृष्ट योगदान पुर्‍याउने सञ्चालक समिति, तथा उपसमिति सदस्यहरूलाई वर्ष सर्वोत्कृष्ट सञ्चालक, उत्कृष्ट सञ्चालक, सर्वोत्कृष्ट उपसमिति सदस्य तथा उत्कृष्ट उपसमिति सदस्यगरी विभिन्न विदाहरुमा सम्मान गरिएको थियो ।
बैठकमा सहभागीहरूले आ–आफ्ना उपसमिति मार्फत कार्य प्रगति प्रतिवेदन साथै कार्ययोजना प्रस्तुत गर्नुभयो । योजनालाई समयमै कार्यान्वयन गर्न कार्यगत तालिका बनाई अगाडि बढ्ने साझा धारणा तय गरी बैठक सम्पन्न गरिएको थियो।

Scroll to Top
notice, prayascoop, office close notice