+977-9857011547, 071-450030
Butwal-12, Tamnagar, Rupandehi
prayassacoss@gmail.com
        

प्रयास साकोसको आ.ब २०८१/०८२ को कार्य प्रगती समिक्षा र आ.ब. २०८२/०८३ को निति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी बिस्तारित बैठक सम्पन्न ।

prayss sacoss

असार 22 तामनगर ।

संस्थाको चार वर्षीय रणनीतिक व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्यहरू प्राप्त गर्नका लागि आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेट र आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति समीक्षा सहितको विस्तारित बैठक जुलाई ५ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, विभिन्न उपसमितिहरू र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
बैठकमा विगत वर्षको उपलब्धि, चुनौती र लक्ष्यहरूलाई ध्यानमा राख्दै आगामी वर्षको योजना निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो। योजनाले संस्थाको सेवा प्रवाह, आर्थिक सुदृढीकरण, सदस्य सन्तुष्टि तथा संस्थाको भवन निर्माणलाई प्राथमिकता दिने तय भएको छ ।
बैठकमा सहभागीहरूले आ–आफ्ना उपसमिति मार्फत कार्य प्रगति प्रतिवेदन साथै कार्ययोजना प्रस्तुत गर्नुभयो । योजनालाई समयमै कार्यान्वयन गर्न कार्यगत तालिका बनाई अगाडि बढ्ने साझा धारणा तय गरी बैठक सम्पन्न गरिएको थियो।

Scroll to Top