071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारीद्वारा दिवङ्गत सदस्य गुप्ताप्रति श्रद्धाञ्जली अर्पणसहित राहत रकम हस्तान्तरण

बुटवल, असार ७

श्री प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना दिवंगत शेयर सदस्य हरिहर गुप्ताको सातौं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम तथा परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा संस्थाका सचिव तिर्थराज काफ्ले ले श्रद्धांजलि फ्रेम वाचन गर्दै संस्थाका नीति, नियम, तथा प्रदान गरिने सेवाहरूबारे जानकारी गराउनुभयो । संस्थाले दिवंगत सदस्य गुप्ताको निवासमै पुगेर सातै पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो। कार्यक्रममा संस्थाको प्रावधानबमोजिम दिवङ्गत गुप्ताका परिवारका सदस्यलाई २०,००० (बीस हजार रुपैयाँ) बराबरको चेक संस्थाका अध्यक्ष श्री भीम बहादुर थापाले हस्तान्तरण गरनुभएकाे थियाे ।

यस दुःखद घडीमा स्वर्गीय हरिहर गुप्ताप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति प्रयास सहकारी परिवारले गहिरो समवेदना व्यक्त गरेको हाे । उक्त कार्यक्रममा बाेलदै संस्थाका उपाअध्यक्ष प्रकाशमणि खनालले हरिहर गुप्ताको तस्बिरसहितको श्रद्धाञ्जली फ्रेम परिवारलाई हस्तान्तरण गर्नुहुँदै संस्थाले आफ्नो एक महत्वपूर्ण सदस्य गुमाएकोमा गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले गुप्ताको निधनले सहकारी परिवारमा अपूरणीय क्षति पुगेको बताउनुभयो।

राहत हस्तान्तरण तथा श्रद्धाञ्जली कार्यक्रममा संस्थाका अध्यक्ष श्री भीम बहादुर थापा, उपाअध्यक्ष प्रकाशमणि खनाल,सचिव तिर्थराज काफ्ले, कोषाध्यक्ष सीता कँडेल तरामु ,सदस्य तथा धितो मूल्यांकन उपसमिति संयोजक झबिन्द्र प्रसाद आचार्य, शिक्षा उपसमिति सदस्य दीपक तिवारी सञ्चालक सदस्यहरू नारायण शर्मा,सीता श्रीस पुन, सीता थापा, , आन्तरिक लेखा समिति, सल्लाहकारहरू, विभिन्न उपसमितिहरूका पदाधिकारी तथा तथा संस्थाका व्यवस्थापक शेषदत्त थारू लगायतको उपस्थिति रहेको थियो।

संस्थाले आफ्ना सदस्यहरूको सुख-दुःखमा साथ दिने नीतिअनुरुप यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025

तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

Read More
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
Scroll to Top