071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारी द्वारा सहकारी शिक्षा तालिम

prayas sacoss

बुटवल, जेठ १६ ( प्रयास ) ।

प्रयास बचत तथा ऋण सहकारी संस्था लि., बुटवल–१२, रुपन्देहीले आफ्नो वार्षिक तालिम योजनाअनुसार आठौँ संस्करणको एकदिने सहकारी शिक्षा तालिम तथा अन्तरक्रिया कार्यक्रम २०८२ जेठ १५ गते बुटवल–१२, तामनगरस्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न गरेको छ।

करिब १,४०० सेयर सदस्यलाई लक्षित गरी सञ्चालन भइरहेको तालिम अन्तर्गत यसपटक ५६ जना सेयर सदस्य सहभागी थिए। कार्यक्रममा सहजीकरण संस्थाका सञ्चालक तथा शिक्षा उपसमिति संयोजक दीपक तिवारी र सदस्य तारा पौडेल मरासिनीले गर्नुभएको थियो।

सहकारी बचत तथा ऋण प्रणाली, सहकारी गठनका उद्देश्य, सिद्धान्त, मूल्यमान्यता, नीति नियम तथा प्रयास सहकारीको व्यावसायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता, सल्लाहकार संयोजक सूर्यबहादुर रानाको प्रमुख आतिथ्यता, उपाध्यक्ष प्रकाश खनालको स्वागत मन्तव्य तथा शिक्षा उपसमिति सदस्य हेमन बलालको सञ्चालन रहेको थियो।

शिक्षा उपसमितिको संयोजनमा सम्पन्न कार्यक्रमबारे जानकारी दिंदै सञ्चालक झविन्द्रप्रसाद आचार्यले हालसम्म करिब ४०० जना सेयर सदस्यले यस्तो तालिम प्राप्त गरिसकेको जानकारी दिनुभयो।

प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025

तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

Read More
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
Scroll to Top