भाद्र २१, बुटवल।
बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।
तामनगरस्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा ३७ जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका शिक्षा उपसमितिका संयोजक श्री दीपक तिवारी र सञ्चालक समितिका सदस्य श्री सीता थापाले सहकारी शिक्षा तालिम प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री भीम बहादुर थापाले गर्नुभएको थियो। प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक श्री सूर्यबहादुर राना रहनुभएको थियो ,भने विशिष्ट अतिथि सरस्वती मा .विका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका संस्थाका सामाजिक विकास तथा समन्वय उपसमितिका संयोजक श्री देवीराम थापा कुँवर मगर हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथि रानाले प्रयास सहकारीले सेयर सदस्य–केन्द्रित विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्दै आएकोले सहकारीप्रतिको विश्वास र आकर्षण बढ्दै गएको उल्लेख गर्दै संचालकहरुको कार्यशैलीको प्रशंसा गर्नुभयो। संस्थाका अध्यक्ष थापाले सहकारीलाई पारदर्शिता, सदस्यहित र वित्तीय सशक्तिकरणमा केन्द्रीत बनाएर अघि बढाइरहेको जानकारी दिनुभयो।
कार्यक्रमकाे संचालन शिक्षा उपसमितिका सदस्य हेमनकुमार बलाल ले गर्नुभएको थियो भने सहजीकरण संस्थाका व्यवस्थापक श्री प्रदिप पौडयालले गर्नुभएको थियो। कार्यक्रममा प्रयास सहकारी संस्थाका सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण, लगानी तथा असूली उपसमिति, शिक्षा उपसमिति, सामाजिक विकास तथा समन्वय उपसमिति, महिला विकास उपसमिति लगायतका पदाधिकारीहरू सहभागी हुनु भएको थियो।
सहभागी सदस्यहरुले प्रशिक्षणबाट सहकारीमा आफ्नो भूमिका अझ जिम्मेवार र सक्रिय बनाउन प्रेरणा प्राप्त भएको प्रतिक्रिया व्यक्त गरेका थिए। उनीहरुले आगामी दिनमा यस्ता तालिम तथा अन्तरक्र्रिया कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने अपेक्षा समेत राखेका छन्।