071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण

भाद्र ७, तामनगर ।
प्रयास बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यको दुर्घटनामा परि उपचारको क्रममा यहि असार १ गते ज्यान गुमाउनु भएका स्व. हरिहर गुप्ताकी धर्मपत्नी श्री फुलमती गुप्तालाई एक कार्यक्रम मार्फत दुर्घटना विमा वापतको रकम रु ५ लाखको चेक हस्तान्तरण गरेको छ ।


सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्री भीमबहादुर थापाले स्थापना कालदेखि नै संस्थासँग आवद्ध रहनु भएका शैक्षिक, सामाजिक र मिलनसार व्यक्तित्व स्व. हरिहर गुप्ताको पार्थिव शरीर आज हामीमाझ नरहे पनि उहाँले संस्थाप्रति पुर्‍याउनुभएको अमूल्य योगदान र प्रेरणादायी स्मृतिहरू सदा जीवित रहने उल्लेख गर्नुभयो । संस्था सदस्यमैत्री संस्था भएकाले सदस्य तथा परिवारको हितलाई सधैं प्राथमिकतामा राख्ने बताउनुभयो।

सहकारी शिक्षा तालिम सम्बन्धी

कार्यक्रममा प्रमुख अथिति शुद्धोधन गाउँपालिका अध्यक्ष श्री बिष्णु प्रसाद बस्यालले प्रयास साकोसले सदस्यहरुको निशुल्क दुर्घटना बिमा गरी समाजमा आर्थिक रुपमा कमजोर व्यक्तिहरुको आर्थिक सुरक्षाको पक्षमा महत्वपूर्ण भूमिका खेलेकोमा संस्थालाई धन्यवाद दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि नेको इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक श्री रमेश बहादुर थापाले भविष्य अनिश्चित भएकाले जीवनमा आउने जोखिम टार्न नसके पनि विमा मार्फत वित्तीय क्षति न्यूनिकरण गरी परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पार्नुभयो।


कार्यक्रममा प्रयास सहकारी संस्थाका सल्लाहकार, सञ्चालक समिति, ऋण समिति, शिक्षा समिति, सामाजिक विकास समिति, महिला विकास उपसमिति, लेखा सुपरिवेक्षण समिति लगायतका पदाधिकारीहरु साथै, नेको इन्स्योरेन्स लिमिटेडका बुटवल शाखा प्रमुख श्री रामप्रसाद गौतम र पर्साटिकर शाखा प्रमुख श्री अर्जुन थापा क्षेत्री, स्थानीय समुदायका प्रतिनिधि र सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री प्रकाशमणि खनाल, सन्चालन संस्थाका सचिब तिर्थराज काफ्ले र सहजिकरण संस्थाका ब्यवस्थापक प्रदिप पौडयालले गर्नु भएको थियो ।

प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025

तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

Read More
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
Scroll to Top