071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास साकोसद्दारा नवरत्तन मा.वि का विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान

वित्तीय साक्षरता ,प्रयास सहकारी

तामनगर
साउन ३० शुक्रबार।

प्रयास सहकारी संस्था लिमिटेड को आयोजनामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम नवरत्तन मा विमा सम्पन्न भएको छ ।
शुक्रबार बुटवल १२ तामनगरमा रहेको नवरत्तन माभध्यामिक विदयालय अग्रेजि शाखा कक्षा १० मा अध्ययनरत ४९ जना विधार्थीहरुको सहभागिता साथै विद्यालयका शाखा प्रमुख श्री भविश्रवर बन्जाडे र शिक्षक श्री अभिनास शर्मा समेत उपस्थिति हुनुभएको थियाे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बोल्दे संस्थाका व्यवस्थापक कार्यक्रमका प्रशिक्षण श्री प्रदिप पौड्यालले विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई सानै उमेरदेखि वित्तीय साक्षरता दिँदा उनीहरुमा वित्तीय ज्ञान बढ्न गई फजुल खर्च घटाउनमा सहयोग पुग्ने र वित्तीय अनुशासनमा रहेर भविष्यको लागि बचत गर्ने बानीको विकास हुने कुरा जानकारी गराउनुभयो साथै प्रशिक्षण पौड्यालले वित्तिय साक्षरताको आवश्यकता तथा महत्वलाई जानकारी गराँदै कार्यक्रमको अनत्यमा प्रशन सवाल गरनुभएको थियो ।


उक्त एक दिवसी वित्तय साक्षरता कार्यक्रमा विदयार्थीहरुले वित्तय साक्षरता यस्को महत्व ,वित्तय व्यवस्थापन गर्ने तरिका, बचतको अवधारण, बचत गर्ने तरिका, बचतका फाइदा, सहकारीको परिचय यस्को इतिहास , सहकारीका प्रकार, सिद्धान्तह, मुल्य मान्याता र अ‍ैचित्य को बारेमा ब्यवाहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा बचतको योजा कसरी बनाउने, दैनिक आम्दानी–खर्च अभिलेख राख्ने तरिका, ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू, र सहकारीसँगको सम्बन्धबाट प्राप्त हुने फाइदाहरू बारे विस्तृत चर्चा गरिएको थियो।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन कार्यक्रमको अन्तीमा ५ ओटा प्रश्न गरिएको थियो उक्त प्रश्नहरुको सहि जवाफ मिलाउनु हुने क्रमशःसृष्टि राना, रेनुका पुन, रचना रहाडी ,सैरभ तिवारी र विवश सुनारलाई एक एक थान क्यालकुलेटर प्रदान गरिएको थियो ।


उक्त कार्यक्रम संस्थाका व्यवस्थापक श्री प्रदिप पौड्यालले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव श्री तिर्थराज काफ्लेले गर्नु भएको थियो । सहजीकरणको रुपमा लेखा सुपरीवेक्षण संयोजक श्री मोहन शर्मा पाण्डे ऋण अधिकृत श्री शेसदत्त थारु र बजार प्रतिनिधि निर्मला पौडेलले गर्नु भएको थियो ।

प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025

तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

Read More
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
Scroll to Top