तामनगर
साउन ३० शुक्रबार।
प्रयास सहकारी संस्था लिमिटेड को आयोजनामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम नवरत्तन मा विमा सम्पन्न भएको छ ।
शुक्रबार बुटवल १२ तामनगरमा रहेको नवरत्तन माभध्यामिक विदयालय अग्रेजि शाखा कक्षा १० मा अध्ययनरत ४९ जना विधार्थीहरुको सहभागिता साथै विद्यालयका शाखा प्रमुख श्री भविश्रवर बन्जाडे र शिक्षक श्री अभिनास शर्मा समेत उपस्थिति हुनुभएको थियाे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा बोल्दे संस्थाका व्यवस्थापक कार्यक्रमका प्रशिक्षण श्री प्रदिप पौड्यालले विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई सानै उमेरदेखि वित्तीय साक्षरता दिँदा उनीहरुमा वित्तीय ज्ञान बढ्न गई फजुल खर्च घटाउनमा सहयोग पुग्ने र वित्तीय अनुशासनमा रहेर भविष्यको लागि बचत गर्ने बानीको विकास हुने कुरा जानकारी गराउनुभयो साथै प्रशिक्षण पौड्यालले वित्तिय साक्षरताको आवश्यकता तथा महत्वलाई जानकारी गराँदै कार्यक्रमको अनत्यमा प्रशन सवाल गरनुभएको थियो ।

उक्त एक दिवसी वित्तय साक्षरता कार्यक्रमा विदयार्थीहरुले वित्तय साक्षरता यस्को महत्व ,वित्तय व्यवस्थापन गर्ने तरिका, बचतको अवधारण, बचत गर्ने तरिका, बचतका फाइदा, सहकारीको परिचय यस्को इतिहास , सहकारीका प्रकार, सिद्धान्तह, मुल्य मान्याता र अैचित्य को बारेमा ब्यवाहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा बचतको योजा कसरी बनाउने, दैनिक आम्दानी–खर्च अभिलेख राख्ने तरिका, ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू, र सहकारीसँगको सम्बन्धबाट प्राप्त हुने फाइदाहरू बारे विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन कार्यक्रमको अन्तीमा ५ ओटा प्रश्न गरिएको थियो उक्त प्रश्नहरुको सहि जवाफ मिलाउनु हुने क्रमशःसृष्टि राना, रेनुका पुन, रचना रहाडी ,सैरभ तिवारी र विवश सुनारलाई एक एक थान क्यालकुलेटर प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम संस्थाका व्यवस्थापक श्री प्रदिप पौड्यालले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव श्री तिर्थराज काफ्लेले गर्नु भएको थियो । सहजीकरणको रुपमा लेखा सुपरीवेक्षण संयोजक श्री मोहन शर्मा पाण्डे ऋण अधिकृत श्री शेसदत्त थारु र बजार प्रतिनिधि निर्मला पौडेलले गर्नु भएको थियो ।