071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारीको १८ औं स्थापना दिवसकाे अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ७३ युनिट रगत सङ्कलन

बुटवल, असार २७।

‘हाम्रो निरन्तर प्रयास: सुनौलो भविष्यको आभास’ भन्ने मूल नाराका साथ श्री प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलको तामनगरस्थित पूर्व सैनिक कल्याणकारी क्लबको सभाहलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा कुल ७३ युनिट रगत सङ्कलन भएको थियाे ।

कार्यक्रमको अध्यक्षता संस्थाका वर्तमान अध्यक्ष श्री भीम बहादुर थापाले गर्नुभएको थियो , भने प्रमुख अतिथिको रूपमा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री सूर्य बहादुर रानाको उपस्थिति रहेको थियो। सल्लाहकार संयोजक सूर्यबहादुर रानाले रिबान काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सोही क्रममा आफ्नो मध्यकालीन रणनीतिक योजनामा समेटिएको सामाजिक उत्तरदायित्व अन्तर्गतको मानवीय कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र बुटवलका ल्याब टेक्निसियन प्रमुख प्रदीप टण्डनले खाली रगतको झोला संस्थाका अध्यक्ष तथा आजको खुल्ला रक्तदान कार्यक्रमकी संयोजक सामाजिक व्यक्तित्व सुनिता गिरीलाई हस्तान्तरण गर्दै रक्तदान प्रक्रियाको थालनी गराउनुभएको थियो। ल्याब टेक्निसियन टण्डनले स्वस्थ रहनका लागि हरेक तीन/तीन महिनामा रक्तदान गर्नु उचित हुने जानकारी पनि दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष श्री प्रकाशमणि खनालले ‘रक्तदान जीवन दान’ भएको र रगतको अभाव अरू कुनै पनि कुराले पूरा गर्न नसक्ने बताउनुभयो। उहाँले खेर जाने रगत दिएर कसैको जीवन बचाउन सकिने हुँदा सबैलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो ।

प्रमुख अतिथि सूर्य बहादुर रानाले “रक्तदान भनेको अरुको जीवन बचाउने उत्तम सेवा हो। सक्षम प्रत्येक व्यक्तिले वर्षमा कम्तीमा एक पटक रक्तदान गर्नु सामाजिक जिम्मेवारी मात्र होइन, मानवीय कर्तव्य पनि हो र असार र साउन महिनामा अधिकांश मानिसहरू खेतबारीमै व्यस्त हुने भएकाले यस समयमा बढी रगतको अभाव हुने गरेको यथार्थ औँल्याउँदै आजको यस कार्यक्रमले उक्त अभावलाई केही हदसम्म भए पनि पूर्ति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष श्री भीम बहादुर थापाले रक्तदानलाई आजको स्वार्थी र आत्मकेन्द्रित समाजमा मानवता हराउँदै गइरहेको यस्तो समयमा सहकारी संस्थाले रक्तदानजस्तो पुण्य कार्यको अगुवाइ गर्नु हाम्रो सामाजिक प्रतिवद्धताको उदाहरण भएकाले यस्ता कार्यक्रमले समाजमा सेवा र सहकार्यको भावना जागृत गराउने र आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्नेमा जोड दिँदै, यस किसिमका कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। साथै, उहाँले आजको कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन सहयोग गर्नुहुने खुल्ला रक्तदान कार्यक्रमका संयोजक, सदस्यहरू र जे.एन. सर कोरियन भाषा कक्षाप्रति विशेष आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रयास सहकारीका शेयर सदस्यहरू, सञ्चालक समिति, कर्मचारी तथा जे.एन. सर कोरियन भाषा कक्षाका भाषा प्रशिक्षार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। देशका विभिन्न स्थानबाट कोरियन भाषा अध्ययनका लागि तामनगरमा बसोबास गरिरहेका विद्यार्थीहरूले उक्त कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। उक्त भाषा कक्षाका प्रिन्सिपल तथा सञ्चालक श्री जगन्नाथ न्यौपानेले यस्तो रक्तदान जस्तो महान् कार्यमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। उहाँले आफू सधैँ समुदायप्रति निरन्तर उत्तरदायी भएर काम गर्ने र संस्थाले आयोजना गर्ने यस्ता सामाजिक कार्यमा सहभागी भइरहने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै संयोजक सुनिता गिरीले रक्तदान कार्यक्रममा सहभागी हुनुहुने विभिन्न क्लब, सङ्घसंस्था, टोल विकास, आमा समूह, क्लबहरू र हल उपलब्ध गराउनुहुने भू.पू. सैनिक कल्याणकारी क्लबका अध्यक्षलाई समेत आभार व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री तीर्थराज काफ्लेले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण संस्थाका व्यवस्थापक श्री प्रदीप पौडेलले गर्नुभएको थियो।

प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण
23/08/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य स्व. हरिहर गुप्ताकी धर्मपत्नी श्री फुलमती गुप्ता लाई दुर्घटना विमा वापतको रकम रु ५ लाखको चेक हस्तान्तरण गरेको छ।

Read More
Scroll to Top