071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास साकोसको आ.ब २०८१/०८२ को कार्य प्रगती समिक्षा र आ.ब. २०८२/०८३ को निति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी बिस्तारित बैठक सम्पन्न ।

prayss sacoss

असार 22 तामनगर ।

संस्थाको चार वर्षीय रणनीतिक व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्यहरू प्राप्त गर्नका लागि आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेट र आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति समीक्षा सहितको विस्तारित बैठक जुलाई ५ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, विभिन्न उपसमितिहरू र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
बैठकमा विगत वर्षको उपलब्धि, चुनौती र लक्ष्यहरूलाई ध्यानमा राख्दै आगामी वर्षको योजना निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो। योजनाले संस्थाको सेवा प्रवाह, आर्थिक सुदृढीकरण, सदस्य सन्तुष्टि तथा संस्थाको भवन निर्माणलाई प्राथमिकता दिने तय भएको छ ।
बैठकमा सहभागीहरूले आ–आफ्ना उपसमिति मार्फत कार्य प्रगति प्रतिवेदन साथै कार्ययोजना प्रस्तुत गर्नुभयो । योजनालाई समयमै कार्यान्वयन गर्न कार्यगत तालिका बनाई अगाडि बढ्ने साझा धारणा तय गरी बैठक सम्पन्न गरिएको थियो।

प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025

तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

Read More
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
Scroll to Top