071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारीद्वारा एक दिवसीय क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

असार १ तमनगर ।

प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालक तथा कर्मचारीहरूको ज्ञान, सीप र व्यवस्थापन क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले एक दिवसीय क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न गरेको छ। कार्यशाला रूपन्देहीको बुटवलस्थित एसाइन पार्टी प्यालेसमा असार १ गते बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री भीम बहादुर थापाले गर्नुभएको थियो भने प्रमुख अतिथि निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्री सूर्य बहादुर राना हुनुहुन्थ्यो। विशेष अतिथिका रुपमा संस्थाका सल्लाहकार द्वय श्री ईश्वरीप्रसाद रेग्मी र श्री होमनाथ कंडेल उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्री प्रकाशमणि खनालले राख्दै यसपटकको कार्यशालाको उद्देश्य विगतका अध्ययन अवलोकन भ्रमणले अपेक्षित परिणाम नदिएको अनुभवका कारण संस्थाका सञ्चालक र कर्मचारीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने रहेको जानकारी दिनुभयो।

कार्यक्रमको प्रमुख प्रशिक्षण सहजीकरण जिल्ला सहकारी संघ, रूपन्देहीका महासचिव श्री दामोदर पंगेनीले गर्नुभएको थियो। उहाँले कार्यशालामा सहभागी सञ्चालकहरूलाई हालै जेठ १९ गतेदेखि लागू भएको सहकारी ऐन २०८२ अनुसारको संशोधित नियमावलीका विषयमा विस्तृत जानकारी दिनुभयो। साथै, प्रयास सहकारीलाई अझ सक्षम, पारदर्शी, समाजमुखी र सदस्यमुखी सहकारी बनाउने सुझाव दिनुभयो।

कार्यक्रममा प्रयास सहकारीका सञ्चालक समिति, ऋण समिति, शिक्षा समिति, सामाजिक विकास समिति, महिला विकास उपसमिति, लेखा सुपरीवेक्षण समिति लगायतका उपसमितिका पदाधिकारी तथा सदस्य गरी कुल २५ जनाको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रशिक्षक पंगेनीसँग सहभागीहरूले कार्यशालाको क्रममा प्रत्यक्ष अन्तरक्रिया गर्दै आफूले नबुझेका विषयहरूमा प्रश्न गरेका थिए र आवश्यक सल्लाह लिएका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री तीर्थराज काफ्लेले गर्नुभएको थियो भने व्यवस्थापनको सहजीकरण व्यवस्थापक श्री शेषदत्त थारूले गर्नुभएको थियो।

 

प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण
23/08/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य स्व. हरिहर गुप्ताकी धर्मपत्नी श्री फुलमती गुप्ता लाई दुर्घटना विमा वापतको रकम रु ५ लाखको चेक हस्तान्तरण गरेको छ।

Read More
Scroll to Top