071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारी संस्थाको ऐतिहासिक पृष्ठभूमि

राष्टिय अर्थतन्त्रको अभिन्न हिस्साको रुपमा आफ्नो महत्वको पुष्टि गरिसकेको सहकारी क्षेत्रले आत्मसाथ गरेका मुल्य मान्यता र सिद्धान्त प्रति इमान्दार रहदै अघि बढि रहेको यस सहकारी संस्था २४ सदस्यीय प्रथम भेला वि.सं २०६० बाट सुत्रबद्ध भई हाल २०८२आषाढसम्म आइपुग्दा १४४९जना सदस्यहरुको बृहत समाज बनेको छ ।

बचत गर्ने र ऋण लिने/दिने संस्थाको रुपमा मात्र सिमित नभई समाजका विविध आयाममा योगदान गर्दै देशको समग्र आर्थिक समृद्धिका लागि सानो भए पनि प्रयास गर्नुपर्छ भन्ने मान्यता शिरोधार्य गरेको यस संस्थाले सहकारी क्षेत्रमा बिल्कुलै नौलो मानिएको मर्जर अभ्यासको अनुपम नमूना स्वरुप चारपाला सहकारी संस्थासंँग मर्जर गरेको इतिहास छ ।

विधिवत स्थापना हुनु पुर्वका ४/५ वर्षमा बुटवल उप- महानगरपालिका१२ तामनगरका कर्मठ, लगनशील, शिक्षित युवा जमातको सहकारी प्रतिको दृढ इच्छा शक्ति र कल्पनाशिलताको सुमधुर उपजको रुपमा आज प्रयास सहकारी सम्पुर्ण स्थानीयहरुको लागि सहकारीकै प्रयाय भइसकेको छ । सहभागिताको दुष्टिकोणमा समावेशी, दैनिक काम कारबाही सञ्चालनको शैलीमा वैज्ञानिक एवं संस्था सञ्चालन तथा व्यवस्थापनमा उच्च शैक्षिक व्यक्तिहरुको सहभागिता र दक्ष जनशक्तिद्धारा कार्यालयका गतिविधि सञ्चालनले यसको आधुनिक संगठनात्मक संरचनालाई स्वतः प्रमाणित गर्दछ । थोपाथोपा बाट समुन्द्र बनेझै सानोसानो छरिएर रहेको पुँजिलाई सँकलन गर्न सुरुवात गरी आज प्रायास साकोस नयाँ उचाइ तथा पहिचान बनाउँदै समाजको समग्र रुपान्तरण प्रति कटिबद्ध छ।

Scroll to Top