071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

दृष्टिकोण (Vision)

सामाजिक मुल्यहरुका साथमा समाजसँग सुमधुर सम्बन्ध कायम गर्दै संस्थाका शेयर सदस्यहरुको व्यापार, वाणिज्य, उद्यमशिलमा तथा रोजगारीसँग सम्बद्ध समग्र दैनिक जीवनमा आधारित आर्थिक कारोवारहरु सञ्चालन गर्ने एक वित्तिय केन्द्र बन्ने ।

ध्येय (Mission)

शेयर सदस्यहरुको व्यापार उद्यमशिलता तथा अन्य कार्यहरुलाई टेवा पु¥याउन ऋण नीतिलाई प्रवद्र्धन एवं सरलीकृत पार्दै उत्पादनशील तथा जवनोपयोगी सीपमा आधारित पेशा व्यवसायको पहिचान, उपलब्ध स्रोत साधनको प्रभावकारी परिचालन र संस्थाद्धारा गरिने कर्जा प्रवाहबाट लाभान्वित हुँदै सदस्यहरुद्धारा उत्पादित बस्तु तथा सेवालाई प्रोत्साहन गर्दै उल्लेखित दृष्टिकोण (Vision) मा पुगिने छ ।

लक्ष्य (Goal/Objectives)

  • गुणस्तरीय सेवा सहित सदस्यहरुका आवश्यकताहरु परिपूर्ति गर्नु ।
  • सदस्यहरुमा प्रयास सहकारी प्रतिको विश्वास दिगो पार्दै हरेक आर्थिक पक्ष संग सम्वन्धित कार्य सम्पादन गर्नको लागी यस संस्थालाई पहिलो रोजाइको रुपमा विकास गर्नु ।
  • सदस्यहरुको क्षमतामा आधारित व्याज दरमा उत्पादनमुलक कार्यका लागी कर्जा प्रवाह गर्नु ।
  • सेयर सदस्यहरुको वचत सुरक्षाको लागी आधुनिक प्रविधिको उपयोग गर्दै उपयुक्त व्याजदर उपलब्ध गराउनु।
  • समाजका मानिसहरुमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने उदेश्यका साथमा विविध सामाजिक कार्यक्रमहरु जस्तै रक्तदान, स्वास्थ्य शिविर, योग शिविर, अध्ययन अवलोकन भ्रमण, सामाजिक सरसफाइ जस्ता कार्यक्रम आयोजना तथा सञ्चालन गर्नु ।
  • दैनिक जीवनका महशुल भुक्तानीको साथमा विमा, रेमिटान्स आदि सुविधा व्यवस्थापन गर्नु ।
  • एक्काइसौँ शताब्दीको प्रतिस्र्धात्मक युगमा सेवाग्राहीहरुसँग सद्भाव कायम गर्दै वित्तिय सेवा प्रवाह गर्नु ।
  • सदस्यहरुको जीवनको आर्थिक पक्षलाई टेवा दिने उद्देश्यले विभिन्न तालिम, कार्यशाला तथा सचेतना कार्यक्रमहरु सञ्चालन र आयोजना गर्नु ।

हाम्रो मूल्य मान्यता (Core Values & Principle)

यस प्रयास बचत तथा ऋण सहकारी संस्थाको मुल्य र मान्यता PRAYAS नै रहेको छ। जुन मान्यतालाई आत्मसाथ गरी संस्था सधैं अगाडि बढ्ने छ।

  • Passion (उत्साह): हामी हाम्रो परिकल्पना र ध्येय प्रतिप्रतिवद्ध छौं र उत्साहका साथ उद्देश्य पुरा गर्न लागिपरेका छौं।
  • Reliability (विश्वनियता): उच्च गुणस्तरीय सेवा र संस्थाप्रतिको विश्वसनीयता कायम गर्ने।
  • Accountability (जवाफदेहिता): संस्थाको हरेक गतिविधिमा सदस्यप्रति जवाफदेही हुनु।
  • Yield for Member Prosperity (सदस्य समृद्धि): संस्थाको लाभ सदस्यकै समृद्धिमा लगाउनु।
  • Adaptable (स्वीकार्यता): परिवर्तनशील वातावरणलाई स्वीकार गरी सोहीअनुसारका रणनीति लिएर अगाडि बढ्ने।
  • Social Responsibility (सामाजिक उत्तरदायित्व): एकले अनेक र अनेकले एक भन्ने मान्यतासहित सामाजिक उत्तरदायित्व निर्वाह गर्ने।
Scroll to Top